92 - सूरतुल्लैल ()

|

(1) १) रात्रीको कसम, जब ढाक्छ ।

(2) २) र दिनको कसम, जब कि चम्किन्छ ।

(3) ३) र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।

(4) ४) निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।

(5) ५) तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको)

(6) ६) र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।

(7) ७) त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।

(8) ८) तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।

(9) ९) र असल कुराको उपहास गर्यो ।

(10) १०) त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।

(11) ११) त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।

(12) १२) निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।

(13) १३) र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।

(14) १४) मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।

(15) १५) जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।

(16) १६) जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।

(17) १७) र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।

(18) १८) जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।

(19) १९) र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।

(20) २०) बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि)

(21) २१) निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।