94 - सूरतुश्शरह ()

|

(1) १) के हामीले तिम्रो छाती खोलिदिएनौं ?

(2) २) र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।

(3) ३) जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।

(4) ४) र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।

(5) ५) निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।

(6) ६) निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।

(7) ७) जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर,

(8) ८) र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।