(1) १) इंजीरको कसम र जैतूनको ।
(2) २) र तूरे सीनीनको ।
(3) ३) र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
(4) ४) हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
(5) ५) फेरि निकृष्टतम दशातिर फर्कायौं ।
(6) ६) तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
(7) ७) अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
(8) ८) के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन ?