(1) १) हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।
(2) २) र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो ?
(3) ३) शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।
(4) ४) यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।
(5) ५) यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।