معلومات المواد باللغة العربية

घटकहरूको संख्या: 4

  • नेपाली

    PDF

    । यो सचित्र निर्देशिका जुन तपाई (नयाँ मुस्लिम) को सेवामा. प्रस्तुत गर्ने जमर्को गरेका छौं, यो इस्लामलाई सिक्ने पहिलो खुडकिलो र बलियो आधार हो । यसले तपाईको जीवनको पाईला-पाईलामा मार्गदर्शकको भूमिका निर्वाह गर्नेछ, तपाईंको प्रश्नको जवाफ दिनेछ, समसामयिक तथा ज्वलन्त घटनाहरूमा कुरआन र सही हदीसबाट प्रमाणित भरपर्दो जानकारीद्वारा सहज रुपमा सहयोग पुर्याउनेछ। जसरी यो पुस्तक अध्ययनको लागि विस्तृत निर्देशिका र चाखलाग्दो छ, त्यसैगरी कुनै समस्या आएमा वा कुनै कुराको इस्लामी नियम जान्न चासो भएमा तपाईको लागि एउटा असल र भरपर्दो श्रोत पनि हो।

  • नेपाली

    PDF

    यस किताबमा इस्लामका अधारहरूको बारेमा विस्तारले चर्चा गरिएको छ, र यो किताब जीवनको प्रकाश नामक चलचित्रको अनुवाद हो जसलार्इ नयाँ मुसलमानहरूको लागि विशेषरूपले तयार पारिएको छ, र नयाँ मुसलमानको लागि आवश्यक समस्याहरूको विस्तारले कुरआन र हदीसको प्रकाशमा निवारण पनि गरिएको छ।

  • नेपाली

    PDF

    यस पुस्तकमा एकेश्वरवाद र बहुदेववाद, व्रत नमाज, हज्ज र जकात एवं एकतामथि कुरआन र हदीसको प्रकाशमा प्रकाश पारिएको छ, साथै खुत्बा दने तरिका र त्यसका विधिहरूलार्इ पनि वर्णन गरिएको छ, र यस पुस्तकलार्इ लेखकले खासगरी इस्लाममा प्रवेश गरेका नयाँ मुसलमानहरूको लागि तयार पार्नु भएको छ, र यस पुस्तकलार्इ अध्ययन गरे पश्चात नयाँ मुस्लिम पनि जुम्अःको खुत्बा दिन सक्छ, यसलेगर्दा यो पुस्तक नयाँ मुसलमानहरूको लागि अति लाभप्रद सिद्ध हुनेछ ।

  • नेपाली

    LINK

    All information that new converted Muslim needs to know about Islam https://www.newmuslimguide.com/ne