معلومات المواد باللغة العربية

घटकहरूको संख्या: 3

  • नेपाली

    PDF

    यस पुस्तकमा सत्य पूज्य र अनुशरणको परिभाषालार्इ स्पष्ट पार्दै सत्य धर्मको बारेमा पनि वर्णन गरिएको छ, र अनुशरणको अवश्यकता र त्यसको महत्वलार्इ वर्णन गर्नुको साथै अनुशरण कसको गर्ने यस कुरालार्इ विस्तारले स्पष्टिकरण गरिएको छ, र अन्धो तकलीदको बारेमा पनि केही जानकारी गराइएको छ र समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।

  • नेपाली

    PDF

    यस संसारमा सहायताको अभिलाषी त सबै हुन्छन् तर माध्यम कसलाई बनाउनु पर्छ यसको प्रशस्त ज्ञान नभएकोले भ्रममा पर्छन् म यस लेखमा त्यसैबारे केही ज्ञानवर्धक कुरालाई प्रमाणित गर्ने प्रयास गरेको छु, अशा छ तपाईहरूलाई लाभ अवश्य होला ।

  • नेपाली

    PDF

    इस्लामी अकीदा की चंद झलकीयाँ : किताबको संक्षिप्त परिचयः यो किताब " इस्लामी आस्थाका केही अध्यायहरू " ( फुसूल फी अकीदा ) सिरियाका केही व्यक्तिहरूको प्रश्नको उत्तर हो . जसलाई शैख अब्दुल अजीज बिन मर्जूक अत्तरीफीले लेख्नुभएको हो । ईसाईहरूले सिरियामा जबरजस्ती कब्जा गरेपछि त्यहाँ इस्लामको सिद्धान्त र विधि - विधानमा परिवर्तन हुन गयो , परिणाम स्वरूप गलत फिर्काहरू बन्न गई इस्लामी आस्थामा धेरै गडबडी भयो । त्यसैले इस्लामी आस्था सुधारको लागि आस्था ( अकीदा ) सम्बन्धि विषयवस्तुलाई यस कितामा समावेश गरिएको छ । जस्तैः इस्लाम र ईमानको सही परिभाषा , भक्तमाथि अल्लाहको अधिकार ( हक ) , ईमान र कुफ्रको अर्थ , अल्लाहको विशेषताहरू , कुआन अल्लाहको वाणी हो , भाग्यमाथि आस्था , जमाअतसँग सधै जोडिएर रहने , सहाबाहरूको श्रेष्ठता र परलोक सम्बन्धि पनि छोटकरीमा चर्चा गरिएको छ । यो किताबमा अत्यन्तै राम्रो तरिकाले कुआन र हदीसको उज्यालोमा प्रमाण प्रस्तुत गरिएको छ ।