वैज्ञानिक वर्गीकरण

  • PDF

    यो किताब वास्तवमा शैख मुहम्मद बिन अल अमीन अश्शन्कीती ज्यूका ती बक्तव्यहरूमध्येका हुन् जसलार्इ उहाँले मस्जिदे नब्वीमा व्यक्त गरेका थिए, अनि जब उहाँका केही शुभचिन्तकहरूले त्यसलार्इ पुस्तकको रूप दिने अनुरोध गरे ताकि यसलार्इ प्रसारित र प्रकाशित गर्न सकियोस जसलेगर्दा यसद्वारा अधिक लाभ प्राप्त गरियोस्, त उहाँले यसलार्इ पुस्तकको रूप दिनु भयो । र यस किताबमा उहाँले इस्लामका ती प्रमुख गुणहरूलार्इ वर्णन गरेका छन् जसमा पूर्ण जग अधारित छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरेका छन् ।

  • PDF

    यस किताबमा भुकम्पको बारेमा र त्यसको कारण एवं निवारणको बारेमा कुरआन र हदीस एवं विज्ञानको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।

  • MP3

    यस आडियोमा भूकम्प र दैवी विपदाहरूको वर्णन र त्यसका कारण एवं त्यसबाट बाँच्ने उपायको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ।

  • PDF

    यस किताबमा धन सम्पत्ति र सन्तानको प्रेम र अनावशयक इच्छा लालसाको बारेमा चर्चा गरिएको छ, साथै यो पनि वर्णन गरिएको छ कि माल सन्तान मान्छेको लागि परीक्षा हुन् त्यसलार्इ अवैध तरिकाले प्राप्त गर्नाले मान्छे नर्कको हकदार भइहाल्छ, र त्यसलार्इ वैधानिक तरिकाले प्राप्त गरेर अल्लाहको मार्गमा खर्च गर्नाले त्यसको श्रेणीमा अभिवृद्धि हुन्छ र त्यो सुमार्गीहरूको साथ स्वर्गमा स्थान पाउने छ .... र समस्त कुरालार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।

  • MP3

    यस आडियोमा इस्लाम र त्यसका निर्देशनहरूलार्इ अस्वीकृत गर्नेहरूको परिणामलार्इ वर्णन गरिएको छ, र यसै सन्दर्भमा यो पनि वर्णन गरिएको छ कि सत्य र अल्लाहले अवतरित गरेको धर्म त इस्लाम नै हो, तर जुन मान्छेहरू शैतानको फकाइमा अएर अल्लाहलार्इ छाडी शैतानको अनुशरण गर्दछन् तिनको परिणाम संसारिक र परलौकिक जीवनमा के कस्तो हुनेछ यसलार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ।

  • र्इर्ष्या नेपाली

    PDF

    यस पुस्तकमा र्इर्ष्या र घृणाको बारेमा विस्तृत जानकारी गराइएको छ, साथै यसको घातक प्रभावको बारेमा पनि जानकारी गराइएको छ जुन हाम्रो सांसिरक र परलोकिक जीवनलार्इ बर्बाद पारेर कष्टमय बनाइदिन्छ, र समस्त कुराहरूलार्इ कुरआन र हदीसबाट प्रमाणिकरण पनि गरिएको छ ।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ