वैज्ञानिक वर्गीकरण

  • नेपाली

    PDF

    विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको साथीहरु हुनुहुन्थ्यो , चाहे त्यो शिक्षा आर्जनको बाटो होस वा कर्मको बाटो । प्रिय पाठक ! तपाईंको हातमा भएको यो सानो पुस्तकमा लेखकले इस्लामिक आस्था र त्यस विपरीत कुराहरु प्रस्ट्याउन खोज्नुभएको छ , जुन धर्मको सबैभन्दा महत्वपूर्ण भाग हो । साथै त्यो कुरा तपाईं समक्ष पुर्याउने कोसिस गर्नुभएको छ , जुन कुरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँको साथीहरु मान्नुहुन्थ्यो । अल्लाह तआलासँग हामी दुवा गर्दछौं कि मुसलमानहरुलाई यस पुस्तकबाट धेरैभन्दा धेरै फाइदा पुर्याउन र पुस्तकको लेखक , अनुवादक , प्रकाशक , वितरक , सहित डिजाइनर र पुनरावलोकन गर्ने अनि यसको तयारीमा सहयोग गर्ने सबै जनालाई राम्रो प्रतिफल देउन् । आमीन

  • नेपाली

    PDF

    इस्लाम नै किन ?

  • नेपाली

    PDF

    चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू : नेपाली भाषामा डा. हैसम सरहान द्वारा लिखित एउटा किताब हो,र यसमा निम्नलिखित कुराहरु समावेश गरिएका छन्: १- चिहानको तीन प्रश्नहरू: यो एउटा अमूल्य सन्देश हो जसमा एक व्यक्तिले जान्नुपर्ने सिद्धान्तहरू हुन्छन् र जसको बारेमा उसलाई उसको चिहानमा सोधिनेछ, र अल्लाहले आज्ञा गरेको आराधनाका प्रकारहरू र धर्मको स्तरको व्याख्या गरिएको छ। २-चार नियमहरु: एकेश्वरवादको नियम र यसको ज्ञानको व्याख्या गर्ने एक संक्षिप्त सन्देश, र केही शंकाहरू जुन बहुदेववादीहरू सित सम्बन्धित छन, र त्यसको उत्तर दिईएको छ। ३-इस्लामका विरोधाभासहरू: एक संक्षिप्त पाठ जसमा उनले मुस्लिमको धर्म माथि केहि खतरनाक मुद्दाहरूको उल्लेख गरेका छन्, र त्यो धेरै गम्भीर कुरा पनि हो, तिनीहरूबाट प्राय: जसो मुसलमान डराउने गर्छन् र आफुलाई त्यसबाट बचाउँछन्। लेखकले यसलाई सूची, तालिका र अनुभागको एउटा सुन्दर रुपमा प्रस्तुत गरेका छन्, र प्रत्येक खण्ड पछि प्रश्न र परीक्षण पनि गरेका छन जुन संक्षिप्त वा बोरिंग पनि छैन।

  • नेपाली

    PDF

    ईश्दूत मुहम्मद सल्लल् लाहु अलैहि वसल्लमको उपयोगी एवं संक्षिप्त जीवनी र तिनका गुणहरू: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एक पुस्तक हो। त्यो पुस्तक सजिलो शब्दहरूमा निहित छ, यसबाट ईश्दूतको इच्छा,जीवनी र उनको उपहार, र सबैभन्दा महत्त्वपूर्ण आचरण,नैतिक विवरण,र उनकी पत्नीहरूको सम्बन्ध बारे थाहा पाउन सकिन्छ। लेखकले यसलाई सूची तालिका र भागको एउटा सुन्दर रुपमा प्रस्तुत गरेका छन्, र प्रत्येक खण्ड पछि प्रश्न र परीक्षण पनि गरेका छन जुन संक्षिप्त वा बोरिंग पनि छैन।

  • नेपाली

    PDF

    सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको व्याख्या: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एउटा पुस्तक हो, जुन इमाम इब्ने बाजको किताब सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको नेपाली व्याख्या हो। अल्लाह उहाँमाथि कृपा गरोस् - जसमा उनले न्यायशास्त्र, आस्था व विश्वास र व्यवहारिक जीवन सम्बन्धी नियमहरू एक समूहमा जम्मा गरेका छन जुन सामान्य मानिसहरूलाई थाहा हुनुपर्दछ। लेखकले यसलाई तालिका र भागको एउटा सुन्दर रूपमा प्रस्तुत गरेका छन्, जसमा उनले समग्र उद्देश्यहरू र संक्षिप्त अर्थहरू उल्लेख गरेका छन, र प्रत्येक खण्ड पछि प्रश्न र जांच छन जुन सम्पादित संक्षिप्त वा बोरिंग छैन।

  • नेपाली

    PDF

    एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ : एकमात्र प्रभु अल्लाहको आश्रय लिनु आवश्यक छ ( البرهان في وجوب اللجوء إلى الواحد الديان ) नामको यो किताब शेख अब्दुल्लाह बिन अब्दुर्रहमान अस्सअद द्वारा लेखिएको किताब हो । जसमा समाजमा पाइने गलत आस्थाहरूको स्पष्टिकरण गरिएको छ । ती हुनः आफ्नो आवश्यकता पूर्ति गर्नको लागि अल्लाह बाहेक अरूलाई पुकार्नु , कठिनाइको समयमा मद्दत माग्नु , बिरामी परेको समयमा स्वास्थ्यलाभ र सन्तान दिने आदि . . । यस्ता कामहरूमा अल्लाह बाहेक अरूले अलिकति पनि क्षमता राख्दैनन् । यस किताबको महत्वपूर्ण विशेषता यो छ कि , उपरोक्त कामहरू अल्लाह बाहेक अन्यको लागि खास गर्नु अल्लाहको धर्म ( इस्लाम ) मा अवैध र अज्ञानता एवं मुर्खताका काम हुन् अनि अल्लाह तआलाको साथमा स्पष्ट शिर्क हो । लेखक महोदयले यस्ता कामहरू अवैध र अमान्य भएको कुरा कुआन र सही हदीसको उज्यालोमा स्पष्ट प्रमाण प्रस्तुत गर्दै दश किसिमले बयान गर्नु भएको छ ।

  • नेपाली

    PDF

    यो किताब अरबीबाट अनुवाद गरिएको छ, यसमा लेखकले नमाजको महत्व, त्यसको विधि र त्यसको श्रेष्ठता, र त्यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन हदीस, र सहाबा एवं ताबर्इन र अन्य विधिशास्त्रीहरूको कथनको प्रकाशमा विस्तारले चर्चा गरेका छन् ।

  • नेपाली

    PDF

    यस किताबमा आशूराको वास्तविकताको बारेमा र त्यस दिन केही अनभिज्ञ मुसलमानहरूद्वारा गरिने केही अवैधानिक र अनैतिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस दिन प्रत्येक मुसलमानको लागि सुन्नतीय कार्य के हो यस कुरालार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा स्पष्ट गरिएको छ ।

  • नेपाली

    PDF

    यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबका मूल लेखक शैख अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज रहेमहुल्लाह हुनुहुन्छ, यस किताबमा उहाँले जकात र व्रतको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गर्नु भएको छ ।

  • नेपाली

    PDF

    यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुल्लाह बिन सालेह अल कुसैयिर ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा सहाबाहरूको श्रेष्ठता र उहाँहरूप्रति उम्मतको दायित्व र हक अधिकारलार्इ स्पष्ट गर्नुको साथै त्यस मान्छेको हुकुम पनि वर्णन गर्नु भएको छ जुन उहाँहरूलार्इ गाली गरोस् वा उहाँहरूलार्इ प्राप्त श्रेष्ठतामा कमी गरोस् ।

  • नेपाली

    PDF

    यो किताब वास्तवमा शैख मुहम्मद बिन अल अमीन अश्शन्कीती ज्यूका ती बक्तव्यहरूमध्येका हुन् जसलार्इ उहाँले मस्जिदे नब्वीमा व्यक्त गरेका थिए, अनि जब उहाँका केही शुभचिन्तकहरूले त्यसलार्इ पुस्तकको रूप दिने अनुरोध गरे ताकि यसलार्इ प्रसारित र प्रकाशित गर्न सकियोस जसलेगर्दा यसद्वारा अधिक लाभ प्राप्त गरियोस्, त उहाँले यसलार्इ पुस्तकको रूप दिनु भयो । र यस किताबमा उहाँले इस्लामका ती प्रमुख गुणहरूलार्इ वर्णन गरेका छन् जसमा पूर्ण जग अधारित छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरेका छन् ।

  • नेपाली

    PDF

    यस किताबमा यहूदी धर्मको वास्तविकताको बारेमा र यहूदीहरूको उपद्रव र रहस्यहरूको बारेमा र उनीहरूको पूर्ण विश्वको लागि विनाशक योजना एवं विनाशक अस्थाहरूको बारेमा र उनीहरूको पथभ्रष्टताको बारेमा संक्षेपमा पूर्ण जानकारी गराइएको छ, र समस्त कुराहरूलार्इ कुरआन हदीस र उनीहरूका विश्वासनीय किताबहरूको प्रकाशमा स्पष्ट गरिएको छ ।

  • नेपाली

    PDF

    यो किताब प्रख्यात इस्लामीय विद् मुहम्मद बिन अब्दुल वहाबको महत्वपूर्ण लेखहरू मध्ये एक हो, जसमा उहाँले इस्लामीय सिद्धान्तका अधारहरू र त्यसको बारेमा बहुदेववादीहरूले उठाएका टिप्पणी र सन्देहहरूको वर्णन र त्यसको निवारण कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरेका छन् ।

  • नेपाली

    PDF

    यस किताबमा मृतकलार्इ कफनाउने र स्नान गराउने एवं दफनाउने तरिका र त्यसमाथि पढिने जनाजाको नमाजको तरिका र त्यसमा पढिने दुआहरूको वर्णन र यस विषयसित संलग्न केही समस्याहरूको वर्णन पनि कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।

  • नेपाली

    PDF

    यस किताबमा क्षमायाचना र अल्लाहको पवित्रताको गुणगानको बारेमा चर्चा गरिएको छ, साथै केही प्रमणित दुआहरूलार्इ पनि कुरआन र हदीसको प्रकाशमा पाठक वर्ग सम्म पुगाउने प्रयास गरिएको छ।

  • नेपाली

    PDF

    यस किताबमा कफिरहरूको अनुरूपता अख्तियार गर्नुको बारेमा विस्तारले ज्ञान गराइएको छ अब त्यो अनुरूपता चाहे खानुमा होस् वा लुगा लगाउनुमा वा अरू कुनै कुरामा सबैको बारेमा प्रमाणको साथ वर्णन गरिएको छ।

  • नेपाली

    PDF

    यस पुस्तकमा जकातको बारेमा विस्तृत जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यसको महत्व हाम्रो समाजमा कति छ। र यस सम्बंधित समस्त कुराहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । र ती समस्त कुराहरूलार्इ वर्णन गरिएको छ जसको ज्ञान राख्नु प्रत्येक मुसलमानलार्इ अति अवश्यक छ ।

  • नेपाली

    PDF

    यस पुस्तकमा इस्लामको बारेमा र इस्लामका विशेषताहरूको बारेमा संक्षेपमा चर्चा गरिएको छ, साथै इस्लामको विशेषतालार्इ प्रष्ट पार्नुको उद्देश्यले अरू धर्मको उदाहरणद्वारा पुष्टिकरण पनि गरिएको छ र सबै तथ्यलार्इ कुरअान र हदीसको प्रकाशमा सरल तरिकाले प्रमाणिकरण पनि गरिएको छ ।

  • नेपाली

    PDF

    यस पूस्तकमा पुनर्जन्म र मृत्यु पश्चातको जीवनको बारेमा संक्षेपमा वर्णन गरिएको छ, यसको साथै मृत्यु पश्चातको जीवनलार्इ चरणबद्ध तरिकाले वर्णन गर्ने प्रयास गरिएको छ, र चिहान, सिंगा, हिसाब किताब, पुलसेरात... अादिलार्इ संक्षेपमा कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

  • नेपाली

    PDF

    यस पूस्तकमा मस्जिदहरूबारे र त्यसका श्रेष्ठता एवं प्रधानता र महत्वबारे विस्तृत जानकारी गराइएको छ, साथै यस युगमा जबकि अधिकतम् मुसलमानहरू नमाज र मस्जिदबाट मुख फर्काइसकेका छन् यसको वैधानिक महत्व र इस्लामीय समाजमा यसको अवश्यकतालार्इ कुरआन र हदीसको प्रकाशमा प्रमाणिकरण गरिएको छ ।