वैज्ञानिक वर्गीकरण

معلومات المواد باللغة العربية

समस्त सामग्री

घटकहरूको संख्या: 233

  • नेपाली

    LINK

    इस्लाम हाउस साइट विश्वका अधिकतम् भाषाहरूमा इस्लामीय प्रचार प्रसारको सबैभन्दा ठूलो साइट हो, यो साइट १०० भन्दा अधिक भाषामा इस्लामीय पुस्तक, वीडियो, अाडियो.... अादि प्रस्तुत गर्ने साैभाग्य प्राप्त गरेको छ https://islamhouse.com/ne/main

  • नेपाली

    LINK

    विश्वका भाषाहरूमा पवित्र कुरअानका विश्वासनीय अनुवाद र व्याख्याहरूको उपलब्धितिर। https://quranenc.com/ne/browse/nepali_central

  • नेपाली

    MP4

    नमाजको तरीका

  • नेपाली

    MP4

    वजुको तरीका

  • नेपाली

    PDF

    उपवासको न्यायशास्र: डा. हैसम सरहान द्वारा अंग्रेजी भाषामा लेखिएकाे एउटा पम्पलेट हो, जसमा उनले अनिवार्य र मुस्तहब उपवाससँग सम्बन्धित महत्त्वपूर्ण कुराहरू उल्लेख गरेका छन्। कहिले उपवास मकरूह हुन्छ, र कहिले निषेध हुन्छ, साथमा फित्रह र ईदको नमाजको महत्त्वपूर्ण न्यायशासकीय नियमहरू पनि उल्लेख गरेका छन्।

  • नेपाली

    PDF

    चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू : नेपाली भाषामा डा. हैसम सरहान द्वारा लिखित एउटा किताब हो,र यसमा निम्नलिखित कुराहरु समावेश गरिएका छन्: १- चिहानको तीन प्रश्नहरू: यो एउटा अमूल्य सन्देश हो जसमा एक व्यक्तिले जान्नुपर्ने सिद्धान्तहरू हुन्छन् र जसको बारेमा उसलाई उसको चिहानमा सोधिनेछ, र अल्लाहले आज्ञा गरेको आराधनाका प्रकारहरू र धर्मको स्तरको व्याख्या गरिएको छ। २-चार नियमहरु: एकेश्वरवादको नियम र यसको ज्ञानको व्याख्या गर्ने एक संक्षिप्त सन्देश, र केही शंकाहरू जुन बहुदेववादीहरू सित सम्बन्धित छन, र त्यसको उत्तर दिईएको छ। ३-इस्लामका विरोधाभासहरू: एक संक्षिप्त पाठ जसमा उनले मुस्लिमको धर्म माथि केहि खतरनाक मुद्दाहरूको उल्लेख गरेका छन्, र त्यो धेरै गम्भीर कुरा पनि हो, तिनीहरूबाट प्राय: जसो मुसलमान डराउने गर्छन् र आफुलाई त्यसबाट बचाउँछन्। लेखकले यसलाई सूची, तालिका र अनुभागको एउटा सुन्दर रुपमा प्रस्तुत गरेका छन्, र प्रत्येक खण्ड पछि प्रश्न र परीक्षण पनि गरेका छन जुन संक्षिप्त वा बोरिंग पनि छैन।

  • नेपाली

    PDF

    ईश्दूत मुहम्मद सल्लल् लाहु अलैहि वसल्लमको उपयोगी एवं संक्षिप्त जीवनी र तिनका गुणहरू: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एक पुस्तक हो। त्यो पुस्तक सजिलो शब्दहरूमा निहित छ, यसबाट ईश्दूतको इच्छा,जीवनी र उनको उपहार, र सबैभन्दा महत्त्वपूर्ण आचरण,नैतिक विवरण,र उनकी पत्नीहरूको सम्बन्ध बारे थाहा पाउन सकिन्छ। लेखकले यसलाई सूची तालिका र भागको एउटा सुन्दर रुपमा प्रस्तुत गरेका छन्, र प्रत्येक खण्ड पछि प्रश्न र परीक्षण पनि गरेका छन जुन संक्षिप्त वा बोरिंग पनि छैन।

  • नेपाली

    PDF

    सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको व्याख्या: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एउटा पुस्तक हो, जुन इमाम इब्ने बाजको किताब सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको नेपाली व्याख्या हो। अल्लाह उहाँमाथि कृपा गरोस् - जसमा उनले न्यायशास्त्र, आस्था व विश्वास र व्यवहारिक जीवन सम्बन्धी नियमहरू एक समूहमा जम्मा गरेका छन जुन सामान्य मानिसहरूलाई थाहा हुनुपर्दछ। लेखकले यसलाई तालिका र भागको एउटा सुन्दर रूपमा प्रस्तुत गरेका छन्, जसमा उनले समग्र उद्देश्यहरू र संक्षिप्त अर्थहरू उल्लेख गरेका छन, र प्रत्येक खण्ड पछि प्रश्न र जांच छन जुन सम्पादित संक्षिप्त वा बोरिंग छैन।

  • नेपाली

    PDF

    एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ : एकमात्र प्रभु अल्लाहको आश्रय लिनु आवश्यक छ ( البرهان في وجوب اللجوء إلى الواحد الديان ) नामको यो किताब शेख अब्दुल्लाह बिन अब्दुर्रहमान अस्सअद द्वारा लेखिएको किताब हो । जसमा समाजमा पाइने गलत आस्थाहरूको स्पष्टिकरण गरिएको छ । ती हुनः आफ्नो आवश्यकता पूर्ति गर्नको लागि अल्लाह बाहेक अरूलाई पुकार्नु , कठिनाइको समयमा मद्दत माग्नु , बिरामी परेको समयमा स्वास्थ्यलाभ र सन्तान दिने आदि . . । यस्ता कामहरूमा अल्लाह बाहेक अरूले अलिकति पनि क्षमता राख्दैनन् । यस किताबको महत्वपूर्ण विशेषता यो छ कि , उपरोक्त कामहरू अल्लाह बाहेक अन्यको लागि खास गर्नु अल्लाहको धर्म ( इस्लाम ) मा अवैध र अज्ञानता एवं मुर्खताका काम हुन् अनि अल्लाह तआलाको साथमा स्पष्ट शिर्क हो । लेखक महोदयले यस्ता कामहरू अवैध र अमान्य भएको कुरा कुआन र सही हदीसको उज्यालोमा स्पष्ट प्रमाण प्रस्तुत गर्दै दश किसिमले बयान गर्नु भएको छ ।

  • नेपाली

    PDF

    यो किताब अरबीबाट अनुवाद गरिएको छ, यसमा लेखकले नमाजको महत्व, त्यसको विधि र त्यसको श्रेष्ठता, र त्यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन हदीस, र सहाबा एवं ताबर्इन र अन्य विधिशास्त्रीहरूको कथनको प्रकाशमा विस्तारले चर्चा गरेका छन् ।

  • नेपाली

    LINK

    अनुप्रयोग "खतमा कुरअानको जाप " सदैंव तपार्इको साथमा हुन्छ कुरअान पढनु र त्यसमा मनथन गर्नुको लागि, जुन तपार्इलार्इ प्रत्येक नमाज पश्चात जुन समय र जति समय तोक्नु हुन्छ त्यसै समय तपार्इलार्इ सचेत गर्छ,र यस अनुप्रयोगमा तफ्सीर सअदी पनि समाविष्ट छ, र केही पाठनहरू पनि, र यस्तै यो अनुप्रयोग खोज र सन्दर्भ संकेतको सेवा पनि उपल्बध गर्छ, र यस बाहेक अरू सेवाहरू पनि प्रदान गर्छ ।

  • नेपाली

    PDF

    यस किताबमा आशूराको वास्तविकताको बारेमा र त्यस दिन केही अनभिज्ञ मुसलमानहरूद्वारा गरिने केही अवैधानिक र अनैतिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस दिन प्रत्येक मुसलमानको लागि सुन्नतीय कार्य के हो यस कुरालार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा स्पष्ट गरिएको छ ।

  • नेपाली

    PDF

    यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबका मूल लेखक शैख अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज रहेमहुल्लाह हुनुहुन्छ, यस किताबमा उहाँले जकात र व्रतको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गर्नु भएको छ ।

  • नेपाली

    PDF

    यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुल्लाह बिन सालेह अल कुसैयिर ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा सहाबाहरूको श्रेष्ठता र उहाँहरूप्रति उम्मतको दायित्व र हक अधिकारलार्इ स्पष्ट गर्नुको साथै त्यस मान्छेको हुकुम पनि वर्णन गर्नु भएको छ जुन उहाँहरूलार्इ गाली गरोस् वा उहाँहरूलार्इ प्राप्त श्रेष्ठतामा कमी गरोस् ।

  • नेपाली

    PDF

    यो किताब वास्तवमा शैख मुहम्मद बिन अल अमीन अश्शन्कीती ज्यूका ती बक्तव्यहरूमध्येका हुन् जसलार्इ उहाँले मस्जिदे नब्वीमा व्यक्त गरेका थिए, अनि जब उहाँका केही शुभचिन्तकहरूले त्यसलार्इ पुस्तकको रूप दिने अनुरोध गरे ताकि यसलार्इ प्रसारित र प्रकाशित गर्न सकियोस जसलेगर्दा यसद्वारा अधिक लाभ प्राप्त गरियोस्, त उहाँले यसलार्इ पुस्तकको रूप दिनु भयो । र यस किताबमा उहाँले इस्लामका ती प्रमुख गुणहरूलार्इ वर्णन गरेका छन् जसमा पूर्ण जग अधारित छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरेका छन् ।

  • नेपाली

    PDF

    यो एउटा हिन्दुले सोधेको प्रश्नको उत्तर हो, जसमा मुरिशुशमा बस्ने एउटा हिन्दू मान्छेले यो प्रश्न गरेको थियो कि कुन धर्म चाहिँ श्रेष्ठ छ इस्लाम अथवा हिन्दूधर्म ? त शैख मुहम्मद बिन सालेह ज्यूले त्यसको उत्तर उनीहरूका धार्मिक ग्रन्थहरूका श्लोकहरूले प्रमाणीकरण गर्दै सर्वमान्य उत्तर दिएका छन् जसलार्इ यसमा विस्तारले वर्णन गरिएको छ ।

  • नेपाली

    LINK

    "Masahif यो पनि थुप्रै भाषामा (अंग्रेजी, फ्रान्सेली, उर्दू र अधिक) अनुवाद recitations प्रदान, व्यापक प्रसिद्ध reciters संसारका थुप्रै गरेर पवित्र कुरान लागि recitations प्रदान गर्दछ। Recitations इन्टरनेट मार्फत अफलाइन उपयोग साथै प्रत्यक्ष प्रवाहका लागि डाउनलोड गर्न सकिन्छ।"

  • नेपाली

    MP3

    यस आडियोमा इस्लाममा महिलाको महत्व र दर्जा एवं अदरको वर्णन गर्नुको साथै इस्लामभन्दा पहिला त्यसको के कस्तो अवस्था थियो र इस्लाम अए पश्चात त्यसले त्यसको हक अधिकार के कसरी दियो यी समस्तबारे बिस्तारले कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ, र यसको साथै मुस्लिम महिलाप्रति इस्लाम विरोधी तथ्यहरूको षडयन्त्रलार्इ पनि पाठकवर्गको सम्मुख राख्ने प्रयास गरिएको छ ।

  • नेपाली

    MP3

    यस आडियोमा जन्त्र मन्त्र तन्त्रको बारेमा संक्षप्ति वर्णन छ साथै वर्तमानमा नेपाली समाजमा पाइने यसका विशेष थरी र गतिविधहरूलार्इ पनि कुरआन र हदीसको प्रकाशमा समावेश गर्ने प्रयास गरिएको छ ।

  • नेपाली

    PDF

    यस निबन्धमा शौवालको व्रतको बारेमा विद्हरूको फतवाहरूलार्इ कुरआन र हदीसको प्रकाशमा संग्रहित गरिएको छ ।